जेठ ०५, २०८१, शनिबार
               

आज देशभर बिहानैदेखि मौसमको प्रभाव, सतर्क रहन आग्रह

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहानैदेखि देशका केही जिल्लाहरुमा मौसमको प्रभाव भएकाले आम नागरिकलाई पूर्ण सतर्कता अपनाउन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश नं ५, गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ ।

यसैगरी, राती पनि देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाग्मती प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि