जेठ ०६, २०८१, आइतबार
               

विज्ञानदेव पाण्डे उपरथीमा बढुवा

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डे उपरथीमा बढुवा भएका छन् ।

सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले सहायक रथी पाण्डेलाई उपरथीमा बढुवा गरेको स्राेतले जनाएकाे छ ।

उनी गत साउन पहिलो सातासम्म पाण्डे नेपाली सेनाका प्रवक्ता थिए भने अहिले उत्तर पश्चिम पृतना सुर्खेतमा कार्यबाहक पृतनापतिको रूपमा कार्यरत छन् ।


कस्तो लाग्यो ?

यो पनि