असोज ०५, २०८१, शनिबार
               

वीरगंजमा बिरामीको भर्ना नलिने र उपचार नगर्ने अस्पतालमाथि छानबिन सुरु

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

वीरगंज । पछिल्लो समय वीरगंजमा विरामीले सहज रुपमा उपचार नपाएको विषयमा छानबिन सुरु भएको छ । अस्पतालहरुको नियामक निकाय नेपाल मेडिकल काउन्सिलले आवश्यक छानबिनको प्रकृया अगाडि बढाएको हो ।

कान्सिलका श्रेस्तेदार डा. कृष्ण अधिकारीका अनुसार वीरगंजमा भएको ४ जनाको मृत्युको सम्बन्धमा लापरवाही गर्ने अस्पतालको बारेमा छानबिन सुरु गरिएको बताए ।

उनका अनुसार वीरगंज–२ छपकैयाकी २० वर्षीया विष्णु लामा, वीरगंज ११ का चलितर महतो, वीरगंज १३ राधेमाईकी शारदा देवी, वीरगंज ३ छपकैयाका जोखु साह सोनारलगायतको उपचार नपाएर मृत्युका सम्बन्धमा काउन्सिलले छानविन प्रकृया अघि बढाएको हो।

‘पछिल्लो समय वीरगंजका सरकारी तथा निजी अस्पतालले विरामी भर्ना नगर्दा समयमै उपचार नपाएर दिनहुँ सर्वसधारण तथा शंकास्पद विरामीको ज्यान गइरहेको छ,’ काउन्सिलका श्रेस्तेदार डा. अधिकारीले भने, ‘त्यसकारण कसको दोष रहेको छ, पत्ता लगाई आवश्यक कारवाहीको लागि सिफारिस गर्न छानबिन सुरु गरिएको हो ।’

उनले वीरगंजको नारायणी अस्पताल, एडभान्स हस्पिटल, नेशनल मेडिकल कलेज, नारायणी बयोधा, वीरगंज हेल्थ केयर अस्पताल र गण्डक अस्पताललाई सोमबार पत्रचार गरेर यथाशिघ्र जवाफ पठाउन स्पष्टीकरण सोधिएको छ ।

चितबुझ्दो जवाफ नआए सम्बन्धित अस्पताल तथा सञ्चालकलाई कानुनी कारवाहीको ल्याइने छ । 


कस्तो लाग्यो ?

यो पनि