जेठ ०५, २०८१, शनिबार
               

आज देशभर मेघगर्जन र चट्याङसहित वर्षा

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

सुर्खेत । मनसुनी वायु सक्रिय भएसँगै आज पनि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सबैजसो प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।

तीन दिनको पूर्वानुमान गर्दै महाशाखाले मंगलबार जारी गरेको मौसम पूर्वानुमान वुलेटिन अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले अहिले देशका सबै प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशका अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का  एकदुई स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यो क्रम बिहीबारसम्म नै कायम रहने भएकाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि