जेठ ०५, २०८१, शनिबार
               

स्वास्थ्यचौकीमा कार्यरत अनमी र कार्यालय सहयोगीमाथि कुटपिट गर्ने अभियुक्त फरार

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ स्वास्थ्यचौकीको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत एक अनमीमाथि कुटपिट भएकव छ । 

सो नगरस्वास्थ्य केन्द्रमा कार्यरत जानकी भट्टमाथि सोमबार कुटपिट भएको हो ।

स्वास्थ्य केन्द्रमा बिरामीको उपचार गरिरहेका बेला उनीमाथि कुटपिट भएको हो । 

कार्यरत सो स्वास्थ्यचौकीमै आइ पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरले कुटपिट गरेको बताइएको छ ।

कुटपिटकाक कारण जानकीको हातको औला भाचिनुका साथै मुख, छाति र टाउकोमा चोट लागेको छ । ती युवकले  स्वास्थ्यकेन्द्रमा कार्यरत कार्यालय सहयोगीमाथि पनि हातपात गरेको बताइएको छ । 

यसका अलवा उनीहरुले कार्यालयमा रहेका कागजात पनि च्यातेको बताइएको छ ।

हाल ती युवक युवक फरार रहेको बताइएको छ । प्रहरीले उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले  बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि