जेठ ०६, २०८१, आइतबार
               

भगवान गौतम बुद्धको जन्मभूमिबारे कुनै बहस आवश्यक छैन : परराष्ट्र मन्त्रालय

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस आवश्यक नभएको बताएको छ । 

भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई ‘महान भारतीय’ को भोलिपल्टै परराष्ट्र मन्त्रालयले औपचारिक प्रतिक्रिया सार्वजनिक गर्दै यस्तो बताएको हो । 

सञ्चारकर्मीको प्रश्नमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले यो ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा पूर्ण रुपमा स्थापित र अकाट्य तथ्य भएको बताउँदै भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभएको बताए । 

‘बुद्धको जन्मस्थल तथा बुद्धधर्मको प्रादुर्भाव लुम्बिनी युनेस्कोको विश्व सम्पदास्थलमा समेत रहेको छ,’ उनले भने । 

यसका अलवा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाललाई बुद्धको जन्मस्थलका रुपमा स्वीकारेको बताए ।

‘सन् २०१४ को नेपाल भ्रमणका क्रममा नेपालको संसदलाई सम्वोधन गर्दै उहाँले नेपालमा शान्तिदूत बुद्ध जन्मेको बताउनुभएको थियो,’ पौडेलले  भने ।


कस्तो लाग्यो ?

यो पनि