असोज ०५, २०८१, शनिबार
               

विद्युत प्राधिकरणले सुरु गर्‍यो स्मार्ट मिटर जडान

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान सुरु गरेको छ ।

प्राधिकरणले ग्राहकहरूको घरमा रहेका सिंगल फेज मिटर हटाएर स्मार्ट मिटर जडानको कार्य आइतबारबाट सुरु गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले स्मार्ट मिटर जडान कार्यको उद्घाटन गरेका हुन् । काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–९ वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरमा प्रतिस्थापन गरी स्मार्ट मिटरकाे सुरुवात गरेका हुन् ।

यससँगै अब प्राधिकरणका कर्मचारीलाई मिटर रिड गर्न ग्राहकको घरमा पुग्नुपर्ने वाध्यताको अन्त्य हुने भएको छ ।


कस्तो लाग्यो ?

यो पनि