जेठ ०५, २०८१, शनिबार
               

बोक्सी भगाउन भन्दै एउटी किशोरीलाई दुईजना धामीले गरे कुटपिट

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । पाल्पामा बोक्सीको आरोपमा किशोरीमाथि कुटपिट भएको छ । रामपुर नगरपालिका ८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा झारफुकका लागि पुगेकी उनलाई दुईजना धामीले कुटपिट गरेका हुन् ।

१७ वर्षीय युवती बेलाबेला बेहोस् हुने समस्या देखिएपछि उनलाई पौवामा झारफुकका लागि लगिएको थियो । आमा र काकासँग गएकी उनको शरीरमा बोक्सी लागेको र बोक्सी हटाउने भन्दै किशोरीलाई दुईजना धामीले कुटपीट गरेका थिए ।

किशोरी घाइते भएपछि धामीले उनका काकालाई पनि बोक्सी लगाइदिएको भन्दै कुटपिट गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी मदन गिरीले बताए । शुक्रबार राति कुटपिटबाट घाइते भएका उनीहरुले प्रहरीमा जाहेरी दिएका थिए ।

इलाका प्रहरी कार्यालय रामपुरले कुटपिट गर्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१ घर भई नवलपरासी देउचुली नगरपालिका–४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थान बस्ने ३७ वर्षीया यममाया कुमाललाई पक्राउ गरेको छ ।

उनीहरुलाई अपमानजनक व्यवहार गरेको आरोपमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । उक्त मुद्दामा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।


कस्तो लाग्यो ?

यो पनि