जेठ ०४, २०८१, शुक्रबार
               

दुई बालक साइकलसहित खोलामा खसेर बेपत्ता

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । दुई जना बालक साइकलसहित एक खोलामा खसेर बेपत्ता भएका छन् । प्राप्त जानकारी अनुसार प्युठान जिल्लास्थित माडीखोलामा दुई बालक साइकलसहित खोलामा खसेर बेपत्ता भएका हुन् ।

उक्त जिल्लास्थित स्वर्गद्वारी नगरपालिका– ७ का सञ्जय पार्धेका छोरा १० वर्षीय सञ्जोक पार्धे र गोपाल गौतमका छोरा १० वर्षीय विपीन गौतम बेपत्ता भएको प्युठान प्रहरीले जनाएको छ ।

घर नजिकैको सडकमा साइकल चलाउँदा सोत्रेढिकबाट करिब ९० मिटर तल माडीखोलामा खसेर उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
 


कस्तो लाग्यो ?

यो पनि