बैशाख १७, २०८१, सोमबार
               

दुई बालक खोलामा बेपत्ता

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

साइकलबाट खस्दा प्युठानको माडीखोलामा आज दुई बालक बेपत्ता भएका छन् । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं  ७ सोत्रे निवासी सञ्जय पार्धेका छोरा अन्दाजी ११  वर्षीय सञ्जोक पार्धे र गोपाल गौतमका छोरा अन्दाजी १० वर्षीय विपीन गौतम बेपत्ता भएका हुन् ।

उनीहरू दुवै घर नजिकैको सडकमा साइकल चलाउँदै गर्दा सोत्रेढिकबाट करिब १०० मिटर तल माडीखोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । प्रहरी र स्थानीयवासीबाट उनीहरूको खोजी भइरहे पनि रात परेका कारण खोजीकार्यमा समस्या भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । 


कस्तो लाग्यो ?

यो पनि