असोज ०६, २०८१, आइतबार
               

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

बर्खायाममा वर्षेनी पहिरोका कारण अवरुद्ध हुने सो सडक खण्ड शनिबार पनि पहिरोकै कारण अवरुद्ध भएको हो । 

यस सडकखण्डअन्तर्गत शनिबार साँझ  चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।

अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउने काम सुरु गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । पहिरो हटाउन उपकरण तयारी अवस्थामा पहिरोस्थलमा कार्यालका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले  बताए ।

पहिरो झर्ने क्रम रोकिएपछि हटाउने काम सुरु गरिने उनले बताए ।

यो पनि