असोज ०६, २०८१, आइतबार
               

सेतो पोखरी फुट्यो, बस्ती बगाउने खतरा

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्म) फुटेको छ। 

दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिए ।

शुक्रबार बिहानैदेखि सोलुखोलामा पानीको बहाव उच्च देखिएपछि दूधकुण्ड पोखरी या अन्य कुनै पोखरी फुटेको हुन सक्ने अनुमान गरिँदै आएको थियो ।

दूधकुण्ड क्षेत्रमा रहेका फुछिरिङ शेर्पाले चोकर्म फुटेर तीन भागमध्ये एक भाग पानी बगिसकेको बताए । उक्त पोखरी पूर्ण रुपमा फुट्ने खतरा उच्च रहेको उनको भनाइ छ ।

पोखरीको अन्य वरिपरिको भाग चिराचिरा परिसकेको भन्दै नदी किनारका स्थानीयले उच्च सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ । 

यता सोलुखुम्बु प्रहरीले भने आधिकारिक पुष्टि गरेको छैन । स्थानीय भाषामा (चोकर्म) भनिने सेतो पोखरी फुटेको खबर प्राप्त भए पनि पुष्टि हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दी चौहानले बताए ।

सोलुखोलामा पानीको बहाव उच्च हुँदा जुनबेसी क्षेत्रमा नदीको पानी बस्तीमा समेत प्रवेश गरेको छ । अहिले पानीको बहाव केही कम भए पनि जोखिम भने कायम रहेको नाम्गेल शेर्पाले बताए । 

खोला किनारका स्थानीयलाई समयमै सचेत नगराउने हो भने थप क्षति हुन सक्ने उनको भनाइ छ । 

सोलुखोलाको मुहान क्षेत्रमा पर्ने सहश्रवेणीमा रहेको एउटा चौरीगोठ तथा ३ वटा काठे साँगु समेत बगाएको भन्दै शेर्पाले क्षतिको विवरण संकलनमा ढिला गर्न नहुने बताए ।

पोखरी क्षेत्रमा टेलिफोनको नेटवर्कले काम गर्दैन।

स्थलगत अध्ययन गरिने

यता सोलुखुम्बु प्रदेश सभा (ख) का सांसद एवम् नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मौसम खुलेको अवस्थामा आइतबार हेलिकोप्टरमार्फत स्थलगत अध्ययनमा जाने बताए । 

पोखरी फुटेको खबरले त्रास फैलिएको भन्दै वास्तविकता अध्ययन गरी थप तयारी गरिने उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि