असोज ०६, २०८१, आइतबार
               

पेप्सीकोलाको झाडीमा नवजात शिशु फेला

नेपाल फ्ल्यास
साउन २४, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

काठमाडौं । राजधानीको कागेश्वरी मनोहरा नगरपालिका स्थित पेप्सिकोलामा नवजात शिशु जिवित अवस्थामा फेला परेका छन् । 

कपडाले बेरेको अवस्थामा जिवितै फेला परेका शिशुलाई प्रहरीले उद्धार गरेर पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पतालमा पठाएको छ । 

मदरल्याण्ड अस्पताल पछाडिको झाडीबाट बच्चालाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीले जानकारी दिए । 

बच्चा जन्माएर वेवारिसे अवस्थामा झाडीमा फालेको आशंकामा प्रहरीले सिन्धुपाल्चोकको सिपापोखरी घर भएकी १७ बर्षीया किशोरीलाई पक्राउ गरेको छ । 

ती किशोरीले ‘बच्चा आफ्नो नभएको’ इन्कारी बयान दिएकी छिन् । 


कस्तो लाग्यो ?

यो पनि