असोज ०६, २०८१, आइतबार
               

कार दुर्घटनाः तीन जनाको मृत्यु, तीनैको सनाखत

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

बुटवल । गएराति रुपन्देहीका भएको कार दुर्घटनामा मृत्यु हुने सबैको सनाखन भएको छ ।

रुपन्देही रोहिणी गाउँपालिका वार्ड नं ४ छिपागढस्थित हुलाकी सडकमा परासीबाट भैरहवा आउँदै गरेको लु २ च ६७५६ नं. को कार अनियन्त्रित भइ दुर्घटनमा हुदाँ  तीन जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेहरुमा रुपन्देही सिद्धार्थनगर नगरपालिका–४ बस्ने २७ वर्षीय देबेन्द्र चौधरी, रुपन्देही कोटहीमाई गाउँपालिका–३ मर्यादपुर बस्ने २८ वर्षीय नौसाद दर्जी  र नवलपरासी रामग्राम नगरपालिका–१२ पथगावा बस्ने १२ वर्षीय प्रदिप ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।  

दुर्घटनामा भैरहवाका ३० वर्षीय अनिल यादव गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा कारमा रहेका चारैजना गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि भिम अस्पताल भैरहवा लगिएकोमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको हो ।


कस्तो लाग्यो ?

यो पनि