असोज ०६, २०८१, आइतबार
               

मदिरा सेवन र बिक्री वितरणमा रोक

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ । पुर्चौंडीको वडा नं ३ ढङ्ंगाबिसौनामा मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ । मदिरा नियन्त्रण समितिको बैठकले गाउँमा मदिराका कारण विभिन्न खालका समस्या सिर्जना भएकाले मदिरा बेचबिखन र सेवनमा रोक लगाएको हो ।

समितिकोे निर्णय विपरीत कसैले मदिरा बिक्री गरेको पाइएमा १० हजार जरिवाना गरिने निर्णय भएको स्थानीय अर्जुन लुहारले जानकारी दिए । यस्तै मदिरा सेवन गर्ने र ओसारपोसार गर्नेलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । मदिराका कारण समाजमा विभिन्न खालका हिंसाका घटना भइरहेकाले मदिरा बेचबिखन र सेवनमा रोक लगाइएको मदिरा नियन्त्रण समितिका राजेन्द्र धामीले जानकारी दिए ।

यसका साथै जिल्लाको डिलाशैनी गाउँपालिका– ७ को मनेकुडा टोलमा पनि मदिरा र जुवातासमा रोक लगाइएको छ । बेतालेश्वर युवा क्लबमा आबद्ध युवाले गाउँमा जुवातास र रक्सी प्रतिबन्ध गरेको स्थानीय सागर ऐरले जानकारी दिए । वडासदस्य लक्ष्मणबहादुर ऐरको उपस्थितिमा बसेको बैठकले वडाभित्र मदिरा बिक्री वितरण गरेमा पाँच हजार ५५५ रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । 

यस्तै, मदिरा सेवन गरी होहल्ला गरेमा दुई हजार ६०० रुपैयाँ, मदिरा ओसारपोसार गरेमा दुई हजार रुपैयाँ जरिवाना लिने निर्णय गरेको युवा क्लबका अध्यक्ष कम्मान ऐरले जानकारी दिए । यस्तै कसैले जुवातास खेलाएमा एक हजार ५०० र जुवातास खेलेमा एक हजार रुपैयाँ जरिवाना गर्ने निर्णयसमेत भएको जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि