जेठ ०५, २०८१, शनिबार
               

आज पनि मौसमको प्रभावबाट सतर्क रहन सुझाव

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार मौसमको गतिविधीबारे विवरण सार्वजनिक गर्दै बिहानैदेखि आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाले जनाए अनुसार दिउँसो देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, राती पनि देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै–थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि