असोज ०६, २०८१, आइतबार
               

विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठनपाठन हुने सम्भावना छैन : मन्त्री पोखरेल

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल पठपनपाठन  सम्भव नहुने बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल फेस टु फेस पठनपाठन संभव नरहेको बताएका हुन् ।

उनले भने, ‘सरकारले फेस टु फेसको विकल्प के के हुन सक्छ भनेर अध्ययन भइरहे  पनि विकल्प भने कार्यान्वयनमा आइसकेको छैन।’

सो समितिको बैठकमा उनले सामुदायिक विद्यालयका शिक्षकलाई आफू कार्यरत विद्यालयमा पुगेर पठनपाठनको नयाँ विकल्पअनुसार काम गर्न  आग्रह गरेका छन् । 

कर्णाली प्रदेशमा विद्यार्थीलाई घरमै गएर पढाउने विकल्पको उदाहरण दिँदै उनले सबै शिक्षकलाई साउन मसान्तभित्र विद्यालयमा पुग्न आग्रह गरेका छन् । 

‘यो वा त्यो नाममा अब स्कुलसँग टिचर नगाँसिने भन्ने हुँदैन । जान गाह्रो भयो भने पासका लागि गृह मन्त्रालयले मध्यस्तता गर्छ । पीसीआर (परीक्षण) गर्नु पर्ला त्यो पनि गर्नुस, स्थानीय तहले त्यसको व्यवस्थापन गर्छ,’ उनले भने । 

यो पनि