जेठ ०६, २०८१, आइतबार
               

अब साउन ३२ सम्म मकवानपुर जिल्ला प्रवेश गर्न नपाइने

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै साउन ३२ गतेसम्मका लागि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रवेशमा रोक लगाएको हो । 

प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । 

सो बैठकले मकवानपुर जिल्लाभित्र सञ्चालित उद्योग, कलकारखाना तथा व्यवसायमा आवद्ध श्रमिक तथा कामदार अन्य जिल्लाबाट ल्याउन पूर्णरुपमा रोक लगाउने निर्णय गरेको छ ।

प्रशासनले जारी गरेको सूचनामा सरकारी तथा निजी कार्यालय एवं संघसंस्थामा कार्यरत रहेका कर्मचारीहरुको दैनिक रुपमा यस जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लाबाट यस जिल्लामा हुने आवागमनलाई साउन ३२ गतेसम्म रोक लगाइने उल्लेख छ । 

लकडाउनको अन्त्यसँगै  हेटौंडा बजार क्षेत्रमा मानिसको भीड बढेको सो सूचनामा उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि