जेठ ०५, २०८१, शनिबार
               

देशका विभिन्न ठाउँमा भारी वर्षा, सतर्क रहन आग्रह

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार मोसमको गतिविधीबारे विवरण सार्वजनिक गर्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै, राती पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि