बैशाख १८, २०८१, मंगलबार
               

चिकित्सकमाथि हातपात

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

पर्सा । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेका छन् ।

विराटनगरका ४५ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएपछि उनका आफन्तले चिकित्सकको लापरबाहीका कारणा मृत्यु भएको भन्दै आइसोलेसन कक्षमै प्रवेश गरेर हातपात गर्न खोजेको अस्पतालका कोभिड इन्जार्च डा‍. दीपक सिग्देलले जानकारी दिए । 

ती पुरुषको मंगलबार राति कलेजोमा समस्या देखिएपछि उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि बुधबार आइसोलेसनमा सारेर स्वाब संकलन गरिएको थियो । 

कोरोना परीक्षणको रिपोर्ट नआउँदै उनको मृत्यु भएको हो ।


कस्तो लाग्यो ?

यो पनि