बैशाख ०७, २०८१, शुक्रबार
               

राम मन्दिर शिलान्यासको अवसरमा नेपालमा दीप प्रज्वलन

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतको अयोध्यामा राम मन्दिर शिलान्यासका लागि भूमि पूजन भएको खुशीयालीमा काठमाडौंको पशुपतिनाथ क्षेत्रमा दिपावली गरिएको छ । 

बुधबार साँझ विश्व हिन्दू परिषद नेपालले पशुपतिनाथ क्षेत्रस्थित शंकराचार्य मठ अगाडि दीप प्रज्वलन गरेको हो । दीप प्रज्वलन कार्यक्रममा भगवान रामको जयजयकार गरिएको थियो ।

कार्यक्रममा परिषद्का कार्यकर्ता, धार्मिक संघसंस्थाका प्रतिनिधि, बुद्धिजिवि, शुभचिन्तक लगायत उपस्थित र्सवसाधारणहरुले हर्षोल्लासपूर्वक दीप प्रज्वलन गरेका थिए । 

काठमाडौंका विभिन्न १५ स्थानमा विश्व हिन्दू परिषद नेपालद्वारा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो भने देशभर तीन हजार स्थानमा दीप प्रज्वलन गरिएको परिषदले जानकारी दिएको छ ।

दीप प्रज्वलनमा सन्त केशवाचर्य जनकपुरधाम जानकी मन्दिरको राम रोशन दास, विश्व हिन्दू परिषद नेपालका उपाध्यक्ष उद्धव घिमिरे, महासचिव जितेन्द्र सिंह, संगठन  सचिव प्रल्हाद कुमार, केन्द्रीय सदस्य लिला राज उप्रेती र हिन्दू स्वयंसेवक संघ विचार परिवारका विभिन्न कार्यकर्तामको सहभागिता थियो ।

परिषदले देशैभरी हरेका आफ्ना शाखा तथा अन्य धार्मिक संस्थाहरुसँग समन्वय गरी दीप प्रज्वलन तथा भजन किर्तन कार्यक्रम आयोजना गरेको हो ।

मोदीले गरे राम मन्दिरको शिलान्यास

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार अयोध्यामा राम मन्दिरको निर्माणका लागि भूमिपूजा गर्दै शिलान्यास गरेका थिए । 

मोदीले चाँदीले निर्मित पाँचवटा इटा दिउँसो १२ बजेर ४४ मिनेटको साइतमा मन्दिरको जग स्थापना गरेका हुन् । 

भारतको उत्तर प्रदेश राज्यमा पर्ने भगवान रामको जन्मभूमि मानिएको अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले मध्ययुगिन बाबरी मस्जिद भत्काएको थियो । त्यो मस्जिद पहिले त्यहीँ रहेको राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो । 

दशकौँसम्म सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम स‌ंगठनबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको थियो । 

यो पनि