जेठ ०२, २०८१, बुधबार
               

अवरुद्ध सडक पुन:सञ्चालनमा

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

मकवानपुर । गएराति वर्षासँगै चलेको हुरीबतासका कारण त्रिभुवन राजपथको दामन नजिकैको जङ्गलमा दर्जनौँ ठूला रुख ढलेका छन् ।

हुरीबतासले राजपथको शिखरकोट–दामनखण्डको नयाँगाउँ भन्ने स्थानमा दर्जनौँ उतीसका रुख ढालेको स्थानीय ऋषेश्वर सामुदायिक वन उपभोक्ता समितिका सदस्य राजकुमार पन्थले जानकारी दिए ।

रुख ढलेर सडक नै छेकिएपछि मध्यराति केहीबेर यातायात अवरुद्ध भएको थियो । सवारी चालक र सहयोगीहरुले ढलेका रुख पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको थियो । 

आज बिहान सडक विभागका स्थानीय कर्मचारीले सडकमा ढलेका रुख हटाएपछि सडक पूर्णरूपमा सञ्चालनमा आएको छ । 

यो पनि