जेठ ०५, २०८१, शनिबार
               

दार्चुलामा चार वर्षमा ३० बलात्कार

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

दार्चुला । दार्चुलामा चार वर्षका अवधिमा ३० महिला तथा बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानबाट नै हुने गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबर्जस्ती करणीका घटना बढ्दै गएका छन् । अझै कयौँ घटना समाजमा मिलाउने भएका कारण सबै  प्रहरीसम्म पुगेका छैनन् ।

आव २०७३/७४ मा तीन जबर्जस्ती करणी तथा दुई जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए। यस्तै आव २०७४/०७५ मा पाँच जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् । 

यसैगरी आव २०७५/०७६ मा पाँच जबर्जस्ती करणी र दुई जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएको तथा आव २०७६/०७७ मा जबर्जस्ती करणीका आठ र जबर्जस्ती करणी उद्योगका छ मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक चन्दले बताए ।

बलात्कारका घटनामा अधिकांश बालिका पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । अझै ग्रामीण क्षेत्रबाट बलात्कार, यौन दुरव्यवहार र महिला हिंसाका अधिकांश घटना प्रहरीसम्म पुग्ने गरेका छैनन् । अहिले पनि यस्ता घटना समाजमै लुकाइएका छन् । 

केहीले प्रहरी तथा अदालतसम्म बलात्कार र यौन दुरव्यवहारका घटना जानकारी दिँदा आफु समाजमा अपहेलित हुने डरले पनि सहेर बस्ने गरेको इन्सेकले जनाएको छ ।

स्थानीय तहमा न्यायिक समिति भए पनि अझै महिला पीडित हुँदा खुलैर उजुरी दिन सक्ने अवस्था नरहेको अधिकारकर्मी बताउँछन् ।


कस्तो लाग्यो ?

यो पनि