जेठ ०५, २०८१, शनिबार
               

सडक मिचेर बनाएका घरहरुमाथि बुटवलमा फेरि चल्यो डोजर

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । सडक मिचेर बनाएका घरहरुमाथि बुटवलमा फेरि डोजर चलाएर भत्काइएको छ । उपमहानगरपालिकाको वडा नं ९ र ११ मा रहेको कालिकापथ विस्तार गर्ने क्रममा सडक मिचेर बनाइएका घरहरुमाथि चलाएर बुधबार भत्काइएको हो ।

कालिकापथलाई बुटवल उपमहानगरपालिकाले वैकल्पिक सडकको रुपमा विस्तार गर्ने योजना अनुरुप ८२ फुटको बनाउने क्रममा सडकको क्षेत्राधिकार ओगटेर बनेका संरचना हटाउन घरधनीलाई आग्रह गरे पनि अटेर गरेपछि उपमहानगरपालिकाले प्रहरीको सुरक्षा घेरा बनाएर डोजर चलाएर भत्काइएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

उनका अनुसार पटक–पटक सडकको क्षेत्राधिकार मिचेका घरहरु भत्काउन आग्रह गर्दा पनि अटेर गरेपछि उपमहानगरपालिकाले यही साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि