जेठ ०५, २०८१, शनिबार
               

छोरी बलात्कार गर्ने बुबा पक्राउ

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

कास्की । आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । 

पोखरा महानगरपालिका-२६ बस्ने पुरुषलाई ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै कैलालीको कैलारी गाउँपालिका-९ बस्ने २२ वर्षीय विकास भन्ने निरज चौधरीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चौधरीमाथि ती बालिकालाई साउन १६ गते जबरजस्ती करणी गरेको अभियोग लागेको छ। अभियोगपछि उनी फरार थिए । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा धनगढी उपमहानगरपालिका-७ मनहरास्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा फेला पारी चौधरीलाई पक्राउ गरेको हो।


कस्तो लाग्यो ?

यो पनि