बैशाख २३, २०८१, आइतबार
               

मन्दिर जाँदै गर्दा तुइनबाट खसेर महिला खोलामा बेपत्ता

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । मन्दिर जाँदै गर्दा तुइनबाट खसेर एक महिला बेपत्ता भएकी छन्। लमजुङस्थित दोर्दी गाउँपालिका– ६ कर्तिबेसीँमा रहेको तुइनवाट खसेर एक महिला बेपत्ता भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

सोमबार विहान पूजा गर्न शिला मन्दिर जाँदै गर्दा तुइनबाट दोर्दीखोला तर्दै गर्दा खसेर बेपत्ता भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बेपत्ता हुनेमा दोर्दी गाउँपालिका– ६ सिमी गाउँकी ३२ वर्षीया फुलमाया गुरुङ रहेकी छन् । त्यस्तै घाइते हुने स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका छन् । बेपत्ता महिलाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।  
 


कस्तो लाग्यो ?

यो पनि