बैशाख २३, २०८१, आइतबार
               

लगानी बोर्डको सीईओमा सुशील भट्ट नियुक्त

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । सोमबार बसेकाे मन्त्रिपरिषद् बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हाे । 

‘मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो,’ एक मन्त्रीले भने । अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले मन्त्रिपरिषद्समक्ष तीन जनाकाे नाम सिफारिस गरेकाे थियाे। तीन जनामा डा. सराेज काेइराला, रामकृष्ण खतिवडा र सुशील भट्ट थिए । 

सरकारले २४ चैतमा तत्कालीन सिइओ महाप्रसाद अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गरेपछि बोर्डको सिइओ पद रिक्त रहेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ५ जेठमा बोर्डको सोे पदका लागि दरखास्त आह्वान गरेको थियो ।  सीईओका लागि खुलाइएकाे आवेदनमा १२ जनाले आवेदन दिएका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि