जेठ ०५, २०८१, शनिबार
               

ट्याक्टर दुर्घटना हुँदा चालकको मुत्यु, ३ जना घाइते

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

भोजपुर । आमचोक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालककाे मृतयु भएकाे छ भने ३ जना घाइते भएका छन् ।

आमचोक– ३ को हागातुङ सडक खण्डमा बयाङबाट वालांखा तर्फ जादै गरेको १–०२–००३ त ५८८ नम्बरको टयाक्टर दुर्घटना हुँदा चालक २८ वर्षीय दिपक कुवँरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घाइते हुनेमा १४ वर्षीय नबहाङ राई, १६ वर्षीय विकास कुवँर र सह– चालक १८ वर्षीय नकुल राई रहेका छन् । उनीहरुको धरानस्थित विपी कोराइराला स्वास्थ्य विज्ञान प्रतिठानमा उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि