बैशाख २३, २०८१, आइतबार
               

सीसीएमसीले निर्देशन दिए अव्यवस्थित रुपमा सञ्चालित खाजाघर तथा रेष्टुरेन्ट बन्द हुने

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) को बैठकले अव्यवस्थित रुपमा सञ्चालन भएका खाजाघर तथा रेष्टुरेन्ट बन्द गराउने बताएको छ । 

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको सो बैठकले उपत्यकामा सञ्चालित धेरै खाजा घर तथा रेष्टुरेन्टले न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी सञ्चालन गरेका तिनलाई  बन्द गर्ने निष्कर्षमा पुगेको हो ।

जसका लागि कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिलाई (सीसीएमसी) पत्राचार गरिएको बताइएको छ । तर, सो निर्णय कार्यान्वयनका लागि  सीसीएमसीले सम्बन्धित मन्त्रालय र विभागलाई यो निर्देशन दिएपछि मात्र कार्यान्वयनमा आउने बताइएको छ । 

यसका अलवा सो बैठकले उपत्यकाभित्र परीक्षण मापदण्डअनुसार जाँच गर्नुपर्ने व्यक्तिहरुको नमुना संकलन गर्नका लागि ठाउँ ठाउँका अस्पताललाई बुथ तोक्नेसमेत निर्णय गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि