जेठ ०६, २०८१, आइतबार
               

नेकपा अध्यक्षद्वयको छलफल शुभकामनामै सीमित

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपामा देखिएको विवाद  सुलझाउन अध्यक्षद्वयको छलफल विनानिष्कर्ष सकिएको छ । जनैपूर्णियका दिन दुई नेताबीच भएको छलफल विनानिष्कर्ष सकिएको हो । 

केही दिन अवरुद्ध भएर आइतबारबाट सुरु भएको सो छलफल जनैपूर्णिमाको शुभकामना साटासाट गर्दै सुरु भए पनि ठोस निष्कर्ष भने निस्किएन । 

दुई नेताबीच भएको छलफलपश्चात् आफ्नो निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आजको छलफलमा जेरी खाने मात्र भएको बताएका छन् ।

प्रधानमान्त्री केपी शर्मा ओलीले ठट्यौली गर्दै आएको यो बचनसँगै पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब तितेकरेला ख्वाएर लठ्ठ पारेपछि मात्रै सहमति हुने बताए ।    

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा दुवै  पक्षबाट  नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि सहभागी थिए । खनाल प्रचण्ड र नेम्वाङ ओलीका तर्फबाट वार्तामा सहभागी भएका हुन् ।

वार्तामा अध्यक्ष प्रचण्डले स्थगित भएको स्थायी समिति बैठकको तत्काल मिति तोक्न र समस्या समाधान गर्न अग्रसरता लिन ओलीलाई आग्रह गरेका थिए ।

दुई अध्यक्षको छलफलमा अध्यक्ष दाहालले स्थगित स्थायी समिति बैठक सुरु गर्न र त्यहीबाट छिनोफानोका लागि प्रस्ताव गरेका थिए । तर, प्रचण्डको प्रस्तावमा प्रधानमन्त्रीले समस्या समाधान स्थायी कमिटी बैठकबाट भन्दा पनि सचिवालयबाट समाधानमा जानु पर्नेमा जोड दिएका थिए । 

नेकपाका एक नेताले भने, ‘ प्रधानमन्त्री ओलीले सचिवालयमा घनिभूत छलफल गरेपछि मात्रै स्थायी समिति बैठक बोलउन प्रस्ताव गर्नुभयो।’


कस्तो लाग्यो ?

यो पनि