जेठ ०५, २०८१, शनिबार
               

साउनको तेस्रो सोमबार शिवालयहरूमा भीड  ( फोटो फिचर )

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

साउन महिनाको तेस्रो सोमबार आज पनि हिन्दु धर्मावलम्बी नारीहरूले भगवान् शिवको पूजा आराधना गरी मनाउँदै छन् ।

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि भक्तजनहरू शिव मन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । तेस्रो सोमबारको दिन रक्षाबन्धन अर्थात् जनैपूर्णिमा परेको छ । यसर्थ यो दिन झन् शुभ र पवित्र मानिन्छ ।

विशेषगरी महिलाहरूले हरियो रङ्गका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्छन् । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरूले रातो, हरियो र पहेँलो वस्त्र तथा चुरा–पोते लगाएर शिवको पूजा गर्दछन् ।

दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । देशभरिको शिवालयजस्तै काठमाडौँको गोकर्णेशवर मन्दिरमा पनि भक्तजनको ठुलो भीड देखिएको  छ।

गोकर्णेश्वर मन्दिर परिसरमा फोटो पत्रकार सरोज बस्नेतले खिचेका केही तस्बिरहरू


कस्तो लाग्यो ?

यो पनि