जेठ ०५, २०८१, शनिबार
               

कालोपुलमा दुर्घटना, एकको मृत्यु

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको सोमबार बिहान मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि