जेठ ०५, २०८१, शनिबार
               

सुनकाण्डमा मुछिएका दुई प्रहरीलाई संगठित अपराध मुद्दामा म्याद थप

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । साढे १४ केजी चाँदी र आधा किलो सुन प्रकरणमा दुई प्रहरी जवानलाई ‘संगठित अपराध’ मुद्दामा अनुसन्धान थालिएको छ ।

दरबारमार्ग वृत्तमा कार्यरत प्रहरी जवान बहादुर सिंह कठायत र प्रशन्न श्रेष्ठलाई संगठित सुन तस्करी मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

‘अदालतबाट संगठित मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी ज्ञवालीले भने, ‘सो अपराधमा जोडिएका अरुलाई पनि संगठित मुद्दामा मा अनुसन्धान हुन्छ ।’

उनीहरुले सुराकीसँग मिलेर कारोबारीलाई भगाएको आरोप छ ।

जिल्ला अदालत काठमाडौंले आइबार उनीहरुलाई हिरासतमा राखेर संगठित सुन तस्करी मुद्दामा अनुसन्धान गर्न अनुमति दिएको हो ।

कठायत दरबारमार्गका सिआरभी (कम्प्याक रिक्रेसनल भेहिकल) चालक हुन् भने प्रशन्न श्रेष्ठ सिभिल टिममा कार्यरत थिए ।

घटनालगत्तै उनीहरुलाई आन्तरिक रुपमा नियन्त्रणमा लिएर सोधपुछ थालिए पनि आइतबार मात्र पक्राउ पुर्जी दिइएको हो ।

सुन प्रकरणमा देवान पटेल, विजय पटेल, निलेश पटेल, कौशल पठेल, उमेश श्रेष्ठ, मनिष मल्लिक र सन्दिप गुरुङ यसअघि नै पक्राउ परिसकेका थिए ।

पक्राउपर्ने मध्ये गुरुङ तस्कर समूहले नागढुंगाबाट भाग्न प्रयोग गरेको ट्याक्सीका चालक हुन् ।

घटनापछि महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डिएसपी रञ्जन दाहाल पनि प्रहरी प्रशिक्षण प्रतिष्ठानमा तानिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि