जेठ ०५, २०८१, शनिबार
               

इनफ इज इनफका अभियन्ता 'ई' अस्पताल भर्ना

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । 'इनफ इज इनफ'का अभियन्ता 'ई' अस्पताल भर्ना भएका छन् ।

विगत १७ दिनदेखि काठमाडौंको वसन्तपुरमा सत्याग्रहमा बसेका अभियन्ता ईः लाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको अभियन्ता आलोक सुवेदीले नेपाल समयलाई जानकारी दिए ।

ईःलाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । अभियन्ता ईःले अस्पतालबाटै सत्याग्रह जारी राख्ने भएका छन् । 

कोरोनाका नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका प्रभावकारी नभएको भन्दै उनी अनशन बसेका हुन् ।

पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्था राम्रो बनाउनुपर्ने, विदेशबाट आएकाको स्वास्थ्य तथा क्वारेन्टाइनमा बस्न उचित प्रबन्ध मिलाउनुपर्ने लगायत माग राखी उनी सत्याग्रहमा बसेका छन् ।

ईः ले यसअघि पाटनमा १२ दिनसम्म अनशन बसेपछि स्वास्थ्य मन्त्रालय र अभियन्ताबीच १२ बुँदे सहमति भएको थियो । 

सम्झौतापछि उनले सत्याग्रह स्थगित गरेका थिए । 

तर सम्झौता कार्यान्वयन नभएपछि उनी फेरि सत्याग्रहमा बसेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि