जेठ ०५, २०८१, शनिबार
               

मेलम्चीमा पहिरोले घर पुरिँदा आठ जना बेपत्ता, थप विवरण आउँन बाँकी

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोक । गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् । 

कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । उक्त घटनामा उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । पहिरो आज विहान २ बजे गएको  थियो ।  निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो । अझै यस घटनाबारे थप विवरण आउँन बाँकी रहेको प्रहरीको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि