जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आजको मौसम, सतर्क रहन मौसमविद्को आग्रह

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज सोमबार मौसमबारे विवरण सार्वजनिक गर्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै, राती पनि देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । यसैगरी, प्रदेश १ र वाग्मती प्रदेशका एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि