जेठ ०५, २०८१, शनिबार
               

नयाँ जहाज किन्ने निगमको तयारी

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्बाैको घाटा भएपछि नेपाल वायुसेवा निगमका ६ वटा चिनियाँ जहाज ग्राउन्डेड भएका छन् ।

जहाज थन्किएपछि नेपाल वायुसेवा निगमले अर्काे जहाज खरिदका लागि तयारी गरिरहेको छ । २०७० मा चिन सरकारसँग भएको सम्झौता अनुसार ७ वर्ष अर्थात २०२० सम्म रकम भुक्तानी गर्नुपर्दैन ।

तर सो ऋण रकम भुक्तानी अघि नै यी जहाज ग्राउन्डेड भएका हुन् ।  निगमसँग हाल १९ सिट क्षमताका २ वटा वाई १२ ई र ५६ सिट क्षमताको २ वटा एमए ६० ले दैनिक आन्तरिक उडान गरिरहेको छ ।

वर्षेनी करोडौंको घाटा व्यहोर्दै आएकोे निगमको घाटा बढेर १ अर्ब ९० करोड बढी पुगेसंगै आन्तरिक उडान गर्दै आएका चिनियाँ जहाज ग्राउन्डेड गरिएको निगमले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि