जेठ ०४, २०८१, शुक्रबार
               

घाँस दाउराबाटै हराएका महिला तथा बालबालिकामध्ये  १५० घर फर्के

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं ।अधिकारकार्मी गौरी बडालले भारतमा गएर कैयौँ महिला तथा बालबालिका उतै मजदुरी गर्ने, बिहेबारी गर्ने र शोषणमा पर्ने गरेको बताएकी छिन् ।

यसका अलवा उनले खुला सीमानाका भएका कारण पनि कहाँ गए भन्ने यकिन पनि नभएको बताइन् । ‘कोही सम्पर्कमा आए पनि प्रहरीलाई घर फर्किएको जानकारी गराउँदैनन्,’ उनले भनिन् । 

चार वर्षयता दार्चुलामा  २०४ जना महिला तथा बालबालिका हराएको बताइएको छ । हराएकामध्ये १५० जना महिला तथा बालबालिका घर फर्किए भने ५२ जना अझै पत्ता नलागेको  जिल्ला प्रहरी कार्यालय दार्चुला महिला तथा बालबालिका सेलले जनाइएको छ । 

हराएको भनी उजुरी परेकामध्ये केही महिला तथा बालबालिका भने घर फर्किसकेका बताइएको छ । 

अभिभावकले दिएको हुलियाका आधारमा प्रहरीले खोजी गर्दा र आफैँ घर फर्केकासमेत प्रहरीले जानकारी दिएको छ । हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्न आफूखुशी हिँड्ने गरेको प्रहरीको अनुमान छ । परिवारलाई अत्तोपत्तो नदिइ घर, विद्यालय, पसल, घाँस दाउराबाटै हराउँदा परिवारलाई मानसिक तथा शारीरिक तनाव हुने गरेको प्रहरीले जनाएको छ ।

गरिबी, चेतना अभाव, मादक पदार्थ सेवन, पारिवारिक बेमेललगायतका कारण महिला तथा बालबालिका घर छाड्न बाध्य हुने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

दार्चुलामा भारतसँगको खुला सीमाका कारण पनि भारतमा गएर उतै बेपत्ता हुने अवस्था पनि विद्यमान छ ।

दार्चुलामा भारतसँग लेकमको लाली, मालिकार्जुनको जोलजीवी, महाकाली नगरपालिकाको दत्तु सदरमुकाम खलङ्गा र व्यास गाउँपालिकाको तिगरम र सीतापुलमा वैधानिक नाका छन् भने ट्युब र तुइनमार्फत वारपार गरेर जाने गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि