जेठ ०५, २०८१, शनिबार
               

चीनको केरुङ च्छो ताल फुट्ने सम्भावना, सचेत रहन नेपाललाई आग्रह

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोक । चीनस्थित न्याल क्षेत्रमा रहेको केरुङ च्छो ताल फुट्ने जोखिममा रहेकाे छ  । 

त्यसप्रति सचेत रहन भन्दै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएको छ । ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पुप्याउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

तिब्बत क्षेत्रमा निरन्तरको वर्षाका कारणले ताल फुट्ने सम्भावना बढेर गएको हो । शनिबार राति पनि भोटेकोशी नदीको बहाव बढेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

‘शनिबार पनि भोटेकोशीको बहाव बढेको थियो, तर ताल फुटेको हल्ला मात्रै हो, जोखिम उत्तिकै छ । त्यसैले भोटेकोशी तटीय क्षेत्रका बासिन्दालाई हामीले सुरक्षित रहन आग्रह गरेका छौँ,’ उनले भने ।

तातोपानीलगायत सबै चौकीका प्रहरीलाई नदीको पानीको बहाव निगरानी गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि पनि न्यालम क्षेत्रमा अत्यधिक वर्षापछि ताल फुट्न सक्ने जानकारी आएको थियो ।

भोटेकोशी तटीय क्षेत्रमा जोखिमपूर्व सूचना प्रणाली राख्न माग भइरहेको छ । सूचना प्रणाली राख्नका लागि जिल्ला प्रशासन कार्यालयले परराष्ट्र मन्त्रालयलाई यसअघि नै पत्र काटिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि