जेठ ०५, २०८१, शनिबार
               

सिद्धार्थ राजमार्ग भासियो

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक  ठाउँठाउँमा भास्सिँदा ठुला सवारी साधन सडकमै अलपत्र परेका छन् । 

विभिन्न स्थानमा सडक भासिएपछि साना सवारी साधन एकतर्फी आवतजावत गर्न दिइएको छ । तर ठूला सवारी साधन आवतजावतमा भने रोक लगाइएको छ । 

दोभान बजारदेखि ५ सय मिटर नजिकै झण्डै तीन मिटर पक्की सडकको जग नै भासिएको छ । 

त्यस्तै झुम्सा, चौबिस माइल, नाग मन्दिर, भुतखोला पैठेडाँडामा पनि सडक चिराचिरा परेर भासिएको छ । 

बुटवलतर्फ आवतजावत गर्ने कास्की, म्याग्दी, बाग्लुङ्ग , स्याङ्गजा, गुल्मी र पाल्पाका ठूला सवारी साधन बीचबाटोमै अलपत्र परेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी मदन गिरीले जानकारी दिए । 

गाउँ नै जोखिमा पर्ने गरि सडक भासिएपछि स्थानीयवासी त्रसित र चिन्तित बनेका छन् ।

यो पनि