जेठ ०६, २०८१, आइतबार
               

इनफ इज इनफ : आज पनि २० भन्दा बढी पक्राउ

नेपाल फ्ल्यास
साउन १७, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका लागि बालुवाटार जाँदै गरेका ‘इनफ इज इनफ’का अभियन्ताहरुलाई प्रहरीले आज (शनिबार) पनि पक्राउ गरेको छ।

आफूसँग भएको सहमति कार्यान्वयनमा समेत सरकारले चाँसो नदेखाएको भन्दै प्रदर्शन गर्ने तयारीमा रहेका २० अभियन्तालाई शनिबार बालुवाटार नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बिजयबाबु सिवाकोटी, शशिबिक्रम कार्की, पवन थापा, भावना रावत, आशिष राई, अधिवक्ता वृतान्त खनाल, नगेन्द्र देउजा, सिवी लामा, सरस्वती काफ्ले, मनिष श्रेष्ठ, नविन राई, विष्णुजंग बस्नेत, राज शिलवाललगायत छन् ।

अभियन्ता आलोक सुवेदीले प्रदर्शन सुरु नहुँदै सडकमा हिँडिरहेकाहरुलाई अमानवीय ढंगले प्रहरीले पक्राउ गरेको बताए । पक्राउ परेकाहरुलाई मालीगाउँ प्रहरी चौकीमा राखिएको छ ।

केहीलाई भने प्रदर्शनका क्रममा पक्राउ गरिएको छ । सामाजिक दूरीसहितका नियम पालन गरी गरिएको प्रदर्शनमा पनि प्रहरीले हस्तक्षेप गरेको प्रदर्शनकारीको भनाई छ । 

‘इनफ इज इनफ’ का अभियन्ता ईशान अधिकारी ‘ई’ हाल दोस्रो पटकको सत्याग्रहमा छन्।

सत्याग्रहको १५ दिन हुँदा उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। सरकारले भने त्यसतर्फ कुनै चाँसो दिएको छैन ।


कस्तो लाग्यो ?

यो पनि