असोज ०७, २०८१, सोमबार
               

लकडाउनमा रोकिएको जडिबुटी निकासी सुरु

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

हुम्ला । कोरोना संक्रमणका बेला सिमकोट विमानस्थलमा रोकिएको जुडिबुटी हवाई मार्गबाट नेपालगञ्ज निकासी हुन थालेको छ ।

बन्दाबन्दी खुकुलो भई सरकारले हुम्ला जिल्लाका लागि हवाई यातायात सुचारु गर्ने निर्णय गरेसँगै रोकिएको जडिबुटी निकासी हुन थालेको हो ।

व्यापारीले स्थानीय प्रशासनसँगको समन्वयमा सिमकोट विमानस्थलमा रोकिएको जडिबुटी हवाई मार्गबाट निकासी सुरु भएको व्यापारी छिरिङ लामाले बताए ।

जहाजमा निकासी हुन नसक्दा जडिबुटी कुहिने चिन्ता भएको बेला निकासी गर्न पाएपछि व्यापारीलाई राहत भएको छ ।

हाल जडिबुटी मध्य कुट्की एक हजार १४१ केजी, सेताक चिनी अठार हजार ३४५ केजी, अतिस ७५ केजी, सुगन्धवाल सात हजार २३० केजी, गुच्ची च्याउ ४२७ केजी र बीस जरा दुई सय केजी नेपालगञ्ज हवाई मार्गबाट निकासी भएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख मनोज चौधरीले बताए ।


कस्तो लाग्यो ?

यो पनि