असोज ०६, २०८१, आइतबार
               

पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

दमौली । पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरा झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरो खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार राजमार्ग दुईतर्फी बनाउन पहिरो पन्छ्याउने काम भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि