मंसिर ०७, २०८१, शुक्रबार
               

फर्जी श्रम सम्झौता बनाएर युएई पुर्‍याई बन्धक बनाइएकी सन्जुको उद्धार
'सिआईबीको पनि चासो'

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

फर्जी श्रम सम्झौता बनाएर युएई पुर्‍याइ बिचल्ली भएकी नेपाली चेलीहरूको उद्धार गरिएको छ । चितवन माइत तथा स्थायी घर पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका-६ भएकी सन्जु लामा तामाङलाई मंगलबार उद्धार गरिएको हो । उनलाई ललितपुरस्थित गल्फ ईनोभिजन म्यानपावरले रोजगारीको लागि भन्दै फेब्रुअरी २६ मा अवैध तरिकाले युएई पुर्‍याएको थियो ।

पीडित युवतीसँग म्यानपावरले झन्डै एक लाख रुपैयाँ असुलेको थियो । तर फर्जी कागजात बनाएर लगिएकोले उनले काम गर्न पाएकी थिइनन् । कम्पनीले उनको पासपोर्ट समेत खोसेर स्वदेश फर्कन दिएको थिएन । उनी ४ महिनायता युएईमै बन्धक थिइन् । सन्जु युएईको दुबईमा बन्धक परेको खबर नेपाल फ्ल्यास डटकमले प्रकाशित गरे लगतै उनको उद्धार सुरु भएको हो ।

नवलपरासी बुलिङटार-६ निवासी हाल युएईमा रहेका भरत राना मगरको समन्वयमा सन्जुको उद्धार भएको हो । नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबडी जहाजबाट उनी स्वदेश फर्किएकी हुन् । उनीसँगै १ सय  ५३ जना नेपाली स्वदेश फर्किएका छन् । उनको उद्धारमा युएईबाटै टिकट खरिदलगायत विभिन्न विषयमा भरत रानामगरले सहजीकरण गरेका थिए । शनिवार स्वदेश फर्किने मध्ये १८ महिला र १३५ जना पुरुष रहेका छन् ।

उक्त उडान पहिलो चरण अन्तर्गत अन्तिम उडान हो । नेपाल एयरलाइन्सले यसअघि गत जुन १९ र २२ मा दुई उडान भरेको थियो । कोरोना भाइरसका कारण विश्वमै लकडाउन भएपछि विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन भन्दै नेपाल सरकारले युएईस्थित नेपाली दूतावासमा फारम भर्न भनेपछि सन्जुले पनि फारम भरेकी थिइन् ।

तर, उनले फारम भरे पनि कम्पनीले पासपोर्ट नदिएपछि उनी आउन पाएकी थिइनन् । उनले आफ्नो समस्याको विषयमा पटक–पटक नेपाली दूतावासमा सम्पर्क गर्दा समेत दूतावासले कुनै पहल गरेन ।  उद्धार गरिएकी सन्जुले भनिन् 'मलाई त्यहाँबाट छुटकरा दिलाउन दूतावासले कुनै पहल गरेन, नेपाल फ्ल्यास डटकममा समाचार आएपछि भरत राना मगरलगायत सम्पर्कमा आउनुभयो, उहाँहरूको सहयोगमा स्वदेश आउन पाएँ ।'

स्वदेश फर्किएपछि सन्जु लामा तामाङ

पत्रकारलाई खबर गरेको भन्दै बेचिदिने धम्की 

‘फर्जी श्रम सम्झौता बनाएर दुबई पुर्‍याइएकी सन्जुको बिचल्ली’ शीर्षकको समाचार प्रकाशन भएपछि म्यानपावरका व्यवसायीले पीडित सन्जुको परिवारलाई धम्काएका थिए । आफ्नो कर्तुतको पर्दाफास भएपछि कारबाही पर्ने डरले ललितपुरस्थित गल्फ ईनोभिजन म्यानपावरका सञ्चालक र उनलाई युएई पुर्‍याउने एजेन्टले सन्जुको परिवारलाई धम्काएको थियो ।

सन्जुकी आमा धनमाया तामाङलाई म्यानपावरले धम्की दिएका थिए । ‘पत्रकारलाई किन खबर गरेको, अब तिम्री छोरीलाई उतै बेपत्ता बनाइदिन्छौ, हामी बेचिदिन पनि सक्छौ,’ पीडित सन्जुको आमालाई फोनमा म्यानपावर व्यवसायीले धम्काएका थिए । म्यानपावर व्यवावसायीको धम्कीबाट ४ महिनादेखि अलपत्र सन्जु थप तनावमा थिइन् । उता परिवार समेत चिन्तित थिए ।

युएईमै बन्धक बनाउने भन्दै पासपोर्ट दिन आनाकानी

लकडाउनको बीच कडा सङ्घर्षले स्वदेश आउने हवाई टिकट लिएकी सन्जुलाई म्यानपावर कम्पनीले धम्की दिएजस्तै उतै रोक्ने प्रयास समेत भयो । सन्जुलाई काम गर्न भनी पठाइएको कम्पनीले उनको पासपोर्ट खोसेको थियो । जुनसुकै देशमा पनि कामदारको पासपोर्ट माग्नु वा खोस्नु गैरकानुनी मानिन्छ ।

टिकट लिएर पासपोर्ट माग्न जाँदा नदिएको पीडित सन्जुले बताइन् । ‘यो विषयलाई लिएर आफू कानुन व्यवसायी सँग परामर्शमा रहेको र अदालतसम्म जाने बताएपछि बल्ल कम्पनीले पासपोर्ट दियो,’ अनीमात्र स्वदेश आउन पाएँ,’ स्वदेश फर्किएकी सन्जुले भनिन् ।

पीडकलाई होला त कारबाही ?

वैदेशिक रोजगार विभागले फर्जी सम्झौता पत्रमा  जबरजस्ती विदेश पठाएको घटनामा छानबिन हुने जनाएको छ । पीडितको उजुरी पर्नासाथ म्यानवार कम्पनी सञ्चालक र एजेण्डलाई नियन्त्रणमा लिएर छानबिन गर्ने बताएको छ । ‘हामी औपचारिकताको लागी पीडित वा परिवार, आफन्त कसैको उजुरी कुरिरहेका छौं, घटनाको सम्बन्धमा दोषी कोही उम्कन पाउँदैन ।’ 

उता केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले समेत यस घटनाको विषयमा चासो देखाएको छ । सिआईबी प्रमुख, डिआइजी सहकुल बहादुर थापाले भने ‘यस्तो घटनामा पीडकलाई मानव तस्करी, तथा मानव बेचबिखन मुद्दामा कारबाही हुन सक्छ ।’

यो पनि