बैशाख २०, २०८१, बिहीबार
               

कैलालीको चुरेमा पहिरोले आठ घर बगायो

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

धनगढी । कैलालीको चुरे गाउँपालिकामा पहिरोले आठ घर बिस्थापित भएका छन् । केही दिनदेखि लगातारको वर्षाका कारण बिहीबार दिउँसो पहिरो जाँदा चुरे गाउपालिका ५ गुणी गाउँका ८ घर बगाएको हो ।

चुरे गाउँपालिका–५ का वडाध्यक्ष नरबहादुर तामाङका अनुसार गुणी गाउँका स्थानीय हर्दिप धामी, पदम धामी, रगे धामी, रजी धामी, रग्य बोहरा, नरे बोहरा गरी ८ घर पहिरोले बगाएको छ । 

दिँउसो पहिरो गएका कारण मानबीय क्षति हुन नसकेको वडाध्यक्ष तामाङले बताए । उनले भने पहिरो दिउँसो खस्यो, राति खसेको भए ठूलो मानवीय क्षति हुन्थ्यो ।

पहिरोले घर बगाएपछि ८ घर परिवार पूर्ण रुपमा विस्थापित बन्न पुगेका छन् । उनीहरु अहिले नजिकै रहेका आफन्तको घरमा आश्रय लिएर बसिरहेको वडाध्यक्ष तामाङको भनाइ छ ।

पहिरोले घरहरु बगाएपछि घरभित्रका अन्नपात लगायतका सामानहरु समेत बगाएर लगेको पीडित पदमबहादुर धामीले बताए। घरबाहिर भएको बेला पहिरो आएकोले आफूहरुको ज्यान जोगिन पुगेको उनको भनाइ छ ।

पहिरो पीडित परिवारलाई चुरे गाउँपालिकाले शुक्रबार तत्कालका लागि प्रति परिवारलाई २५ किलो ग्राम चामल, दाल, नुनु लगायत अस्थायी बसोबासका लागि त्रिपालको व्यवस्था गरेको वडाध्यक्ष तामाङले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि