काठमाडौं । पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको नयाँ गुरुयोजनाको विषयलाई लिएर सो क्षेत्रका स्थानीय जनप्रतिनिधि विरोधमा उत्रेका छन् ।
उनीहरु पशुपति क्षेत्र विकास कोष खारेजको गर्न माग गर्दै विरोधमा उत्रेका हुन् ।
शुक्रबार पशुपतिको दक्षिण ढोकामा संघर्ष समितिले प्रदर्शन गरेको थियो । सो कार्यक्रममा उनीहरुले स्थापनाको तीन दशकसम्म कोषले स्थानीयलाई दुःख मात्र दिएको बताएका छन् । सो कार्यक्रममा बोल्ने अधिकांशले सो कोषको खारेजीको माग गरेका छन् ।
काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरु नै सो कोष खारेजीमा लागिपरेका छन् । कोषले ल्याएको गुरुयोजना असफल बनाउन आफूहरु लागि परेको बताएका छन् ।
यस्तै, वाग्मती प्रदेशका प्रदेश सभा सांसद् नरोत्तम वैद्यले पनि गुरुयोजना जुनसुकै हालतमा खारेज गर्नु पर्ने बताए ।