असोज ०६, २०८१, आइतबार
               

एसइईको नतिजा मंगलबारसम्ममा आउने

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा मंगलबारसम्ममा प्रकाशित हुने भएको छ । आगामी सोमबार र मंगलबारसम्ममा एसइई परीक्षाको नतिजा प्रकाशित हुने सम्भावना रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) का उपनियन्त्रक महेश्वर शर्माले जानकारी दिए ।  

उपनियन्त्रक शर्माले एसइई परीक्षाको नतिजा प्रकाशित गर्नको लागि धमाधम तयारी गरिरहेको बताए । ‘एसइई परीक्षाको नतिजा प्रकाशितको लागि अहिले तयारी गरिरहेका छौँ,’उनले भने,‘सोमबार र मंगलबारसम्ममा नतिजा प्रकाशित हुने सम्भावना छ ।

सबै काम अन्तिम चरणमा पुगेको छ ।’  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुर (कक्षा १०) का परीक्षा नियन्त्रक राम राजन खकुरेलका अनुसार यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ ।
 


कस्तो लाग्यो ?

यो पनि