जेठ ०६, २०८१, आइतबार
               

'इनफ इज इनफ' : रन्जु दर्शनासहित केही आन्दोलनकारी पक्राउ

नेपाल फ्ल्यास
साउन १६, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं- 'इनफ इज इनफ' आन्दोलनमा सहभागी हुन बालुवाटारतर्फ जाँदै गरेका विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना लगायतका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका वृतान्त खनालका अनुसार प्रहरीले दर्शनासँगै आलोक सुवेदी, सौरभ, शशीबिक्रम कार्की,  सुदन गुरुङ लगायतका करिब ५० जना प्रदर्शनकारीलाई बालुवाटार नपुग्दै पक्राउ गरेको हो।

उनीहरुलाई प्रहरी तालिम केन्द्र महाराजगञ्जमा राखिएको छ। पक्राउ परेका आलोक सुवेदीका अनुसार ठूलो संख्याका प्रदर्शनकारीलाई प्रहरीले मालिगाउँबाट पनि पक्राउ गरेको छ।

'इनफ इज इनफ' आन्दोलनले सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलनलाई आजबाट बालुवाटार केन्द्रित गर्ने जनाएको थियो।

शान्तिपूर्ण र सिर्जनात्मक आन्दोलनमात्र होइन लगातार १३ दिनदेखिको अनसनलाई समेत सरकारले पूरै बेवास्ता गरेपछि इनफ इज इनफले बालुवाटार प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने निर्णय गरेको हो।

यसबीच १३ दिनदेखि अनसन रहेका ईः को स्वास्थ्य अवस्था नाजुक अवस्थामा पुगेको छ।


कस्तो लाग्यो ?

यो पनि