बैशाख २४, २०८१, सोमबार
               

नारायणगढ-मुग्लिन सडक प्रयोग गर्दा पैसा तिर्नुपर्ने, कारका लागि २५ र बसका लागि ५५ रुपैयाँ

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । अब नारायणगढ-मुग्लिन सडक प्रयोग गरेवापत शुल्क तिर्नुपर्ने भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले नारायणगढ-मुग्लिन सडक प्रयोग गरेवापत शुल्क लिने निर्णय गरेको हो । नियमित मर्मत सम्भारका लागि स्रोत अभाव नहोस् भनेर दुई थरी शुल्क लिने निर्णय भएको अर्थ तथा संचारमन्त्री डा. युवराज  खतिवडाले जानकारी दिए ।

हलुका सवारीसाधनका लागि २५ रुपैयाँ  र भारी सवारीका लागि ५५ रुपैयाँ तिर्नुपर्नेछ। दुवैतर्फ ढाट राखेर यो शुल्क उठाइनेछ। सडक बोर्डका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले भदौ १ गतेदेखि शुल्क लिइने जानकारी दिए।

'हामीले भदौ १ गतेदेखि यो शुल्क लिनेछौं । मुग्लिन र नारायणगढको बीचमा ढाट राखेर शुल्क लिने सुरु गर्नेछौं,' उनले बिजमाण्डूसँग भने, 'मोटरसाइकल र स्कु्टरले भने शुल्क तिर्नुपर्ने छैन ।'

यो पनि