काठमाडौं । महाकाली नदीमा पानीको बहाव बढेको छ । अत्यधिक वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो । नदीमा पानीको बहाव बढेसँगै नदी छेउका बस्तीमा खतराको सम्भावना पनि बढेको छ ।
बिहीबार बिहान ११ः०० बजे महाकाली नदीमा जलस्तर ६.५ मिटर मापन गरिएको छ । महाकाली नदीमा पानीको जलस्तर ५।८० भन्दा बढी भयो भने चेतावनीको सङ्केत मानिन्छ ।
बाढी पूर्वानुमान शाखाले जलस्तर सात मिटर पुग्दा जोखिम बढी हुने बताएको छ । यस्तै, शाखाले पहाडी क्षेत्रमा निरन्तर पानी परिरहेका कारण पानीको बहाव बढ्ने सङ्केत रहेको बताएको छ ।